भोलि देखि  १८ कराेडकाे आईपीओ निष्कासन हुदै ,कति  दिने त आवेदन

भोलि देखि आईपीओ  आउने भएकाे छ । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गते अर्थात भोलि बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ )को बिक्री खुला गर्ने लागेको हो ।

निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि शेयरको निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कति दिने त आवेदन

आवेदनको लागि नुन्यतम १० कित्ता दिदा उचित रहन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय