यती ठुलो मात्रामा आईपीओ निष्कासन तयारीमा रहेका बिमा कम्पनीहरू, हेर्नुस् कुन कुन हुन् त??

हाल नेपालमा कुल ४१ वटा बीमा कम्पनीहरू सञ्चालनमा छन् । कुल ४१ वटा बीमा कम्पनीमध्ये, १९ वटा लाइफ इन्स्याेरेन्स, २० वटा नन लाइफ इन्स्याेरेन्स र २ वटा रि इन्स्याेरेन्सहरू रहेका छन् ।

५ वटा जीवन बीमा कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी नै छ । ती हुन् : रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स, सिटीजन लाइफ इन्स्याेरेन्स, महालक्ष्मी लाइफ इन्स्याेरेन्स, सन नेपाल लाइफ इन्स्याेरेन्स र आइएमई लाइफ इन्स्याेरेन्स ।

यी ५ वटै कम्पनीले साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन् । हाल रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सकाे चुक्ता पूँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबाेनमा निवेदन पेश गरिसकेकाे छ ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हालकाे चुक्ता पूँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ३१ गते बोर्डमा निवेदन पेश गरिसकेको छ । आईपीओ निष्कासनको लागि कम्पनीकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

सिटीजन लाइफ इन्स्याेरेन्सकाे अहिलेकाे चुक्ता पूँजी एक अर्ब ७५ कराेड रूपैयाँ रहेकाे छ । कम्पनीले साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ तर सेबाेनमा भने निवेदन दिइसकेकाे छैन ।

महालक्ष्मी लाइफ इन्स्याेरेन्स र सन नेपाल लाइफ इन्स्याेरेन्स दुवै कम्पनीकाे हालकाे चुक्ता पूँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूकाे चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएकाे छ । यस हीसाबमा चुक्ता पूँजी पुर्याउनका लागि यी कम्पनीहरूले ठूलाे संख्यामा आईपीओ ल्याउने सम्भावना रहेकाे छ ।

बीमा समितिले बीमा कम्पनीहरूकाे ‘क्यापिटल प्लान’ हेरेर निर्णय लिने बताएकाे छ । अहिले आईपीओ निष्कासन गर्न बाँकी ५ वटा बीमा कम्पनीहरूले पनि पूँजी वृद्धि गरिसकेर आईपीओ निष्कासन गर्न सक्नेछन् ।

आईपीओ निष्कासन गर्न बाँकी रहेका बीमा कम्पनीहरूले पनि २०७९ चैत्र मसान्तभित्र ताेकिए अनुसारकाे पूँजी वृद्धि गरिसक्नुपर्ने बीमा समितिकाे निर्देशन छ । त्यसैले अब जति सक्दे छिट्टै यी कम्पनीरूले पूँजी वृद्धिकाे निर्णय लिइसक्नुपर्छ ।

आईपीओ निष्कासन गर्न बाँकी रहेका बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न दुई वटा बाटाे खुल्ला छ । एउटा तरिका भनेकाे संस्थापकहरुले पहिला पूँजी थपेर सर्वसाधारणमा पनि पूँजी रकम बढाएर आईपीओ निष्कासन गर्न र यसाे नभएमा अर्काे विकल्प भनेकाे मर्जर तथा एक्विजीसन हाे । अर्थसंसारले लेखेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय