पेट्रोलियम पदार्थको ढुवानी बन्द

काठमाडौं : नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । साथै, चैत २० गतेबाट पेट्रोलियम पर्दाथ सबैको बिक्री वितरण बन्द गर्ने महासंघले जनाएको छ ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग गत चैत ५ गतेदेखि आन्दोन गर्दै आएको छ । समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जनसहित संशोधन गर्नु पर्ने माग राखेको छ ।

मागपत्रमा आयल निगममार्फत पेट्रोलियम व्यवसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनु पर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने र सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने उल्लेख छ ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले उक्त माग राख्दै अन्दोलन गरेका हुन् । निगमले माग सम्बोधन नगरेको भन्दै उनीहरुले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय