ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आइपिओ  रिजल्ट आज हुदैँ , यहाँ हेर्नुस्

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र २० गते, आइतबार हुने भएकाे छ ।उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट (चैत्र १५ गते, मंगलबार) निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकाे कार्यालयमा सम्पन्न भएकाे थियाे ।

 

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी

२ लाख ८७ हजार ७५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

तलका २ लिंक बाट रिजल्ट हेर्न सक्नुहुन्छ।

१. आइपिओको रिजल्ट हेर्न  यहाँ  थिच्नु होला।

२ . आइपिओको रिजल्ट हेर्न  यहाँ   थिच्नु होला।

माथिका १ र २ नम्बरमा रहेका (यहाँ ) सब्द मा थिचेर रिजल्ट हेर्नु होला… आइपिओ दिउसो १ बजे पछि मात्र बाडफाड हुने छ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय