बलेफी हाइड्रोको आइपिओ  रिजल्ट आज हुदैँ , यहाँबाट  हेर्नुस् रिजल्ट

 

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड आज मंगलबार बिहान ९ बजेदेखि निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा हुनेछ । आईपीओको प्रि अलटमेन्ट शुक्रबा सम्पन्न भएको थियो ।

माागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

तलका २ लिंक बाट रिजल्ट हेर्न सक्नुहुन्छ।

१. आइपिओको रिजल्ट हेर्न  यहाँ   थिच्नु होला।

२ . आइपिओको रिजल्ट हेर्न  यहाँ   थिच्नु होला।

माथिका १ र २ नम्बरमा रहेका (यहाँ ) सब्द मा थिचेर रिजल्ट हेर्नु होला… आइपिओ ९ बजे पछी हेर्न सकिन्छ ।

 

कम्पनीको आईपिओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि २१ गतेसम्म निष्काशन भएको आईपिओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आबेदन परेको छ। यो भनेको १४.७७ गुणाले बढी हो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । कम्पनीको शेयर १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले पाउने छन् । यी मध्ये ३ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय