उपकार लघुवित्तको आइपीओ  बाँडफाँटको हुदैँ , यहाँबाट  हेर्नुस् रिजल्ट

उपकार लघुवित्त कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपिओमा २३ लाख बढी आवेदकले आवेदन दिएका छन् । तर कम्पनीको शेयर भने गोलाप्रथाबाट २२ हजार १ सय १५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाउने छन् ।

तलका २ लिंक बाट रिजल्ट हेर्न सक्नुहुन्छ।

१. आइपिओको रिजल्ट हेर्न  यहाँ   थिच्नु होला।

२ . आइपिओको रिजल्ट हेर्न  यहाँ   थिच्नु होला।

माथिका १ र २ नम्बरमा रहेका (यहाँ ) सब्द मा थिचेर रिजल्ट हेर्नु होला… आइपिओ ८ बजे पछी हेर्न सकिन्छ ।

 

उपकार लघुत्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ ।

यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यो मध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय