७०.२०% ले बढ्यो राष्ट्र उत्थान लघुवित्तको नाफा: अन्य सुचकहरुमा पनि सुधार, ईपिएस कति ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिहीवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ५ करोड ५५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा ७०.२० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी पनि ३५.६१ प्रतिशतले वृद्धि भई १६ करोड ४१ लाख १३ हजार रुपैयाा पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी १२ करोड १० लाख १७ हजार रुपैयाँ रहेको थियो ।यस्तै, गत वर्षको चैत मसान्तसम्ममा ५ करोड ६ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको संचालन मुनाफा यस वर्षको सोही अवधिमा भने बढेर ८ करोड ८१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ करोड ३५ लाख २५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा १.३३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर १.१९ प्रतिशत कायम भएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय