महिलालाई कार्यस्थलमा सुरक्षित ढङ्गले काम गर्ने वातावरण बनाउँछाैँ : डंगाेल

काठमाण्डाै – नेकपा एमालेबाट काठमाण्डाै महानगरमा उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढङ्गले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । आज आइतवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

डंगाेलले महिनावारीको बेला महिलालाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरूलाई बिदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाउनुभयो । उहाँ भन्नुभयो, ‘कार्यस्थलमा महिलालाई सुरक्षित हुने हामी प्रबन्ध गर्नेछौँ । महिनावारीको समयमा बिदाका लागि कसरी प्रबन्ध गर्न सक्छौँ भनेर नीत र कार्यक्रम ल्याउनेछौँ ।’

उपमेयर उम्मेदवार डंगोलले महिलालाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने सङ्कल्प गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय