भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ ‘१० अर्ब तिर्नु छ, पैसा छैन’

भारतबाट फेरि पट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार बढेर आएको नयाँ मूल्य सुची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५ अर्ब १९ करोड घाटा हुने स्थिति देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य अझै बढेर गएको परिस्थितिमा निगमले आज मे १, २०२२ (वैशाख १८,२०७९) मा प्राप्त गरेको नयाँ खरिद लागत मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. २३।०२ घाटा, डिजेलमा रु. ४०।१३ घाटा, मट्टितेलमा रू. २१८१ नाफा, हवाई इन्धन (आन्तरिक तर्फ) रू. १२॥ ६४ नाफा, हवाई इन्धन (बाह्य तर्फ) रू. ६४।६९ नाफा र एल.पी.ग्यासमा प्रति सिलिण्डर रु. १,०५०।१८ घाटा भई समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रू. ५ अर्ब १९ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको हो ।

निगमका अनुसार नेपाल सरकारको मातहतमा रहेको मूल्य स्थिरिकरण कोष लगायत अन्य सञ्चिती कोषका सबै रकमहरु विगतको घाटा पूर्ति गर्दा सकिसकेको छ। मे २०२२ मा पेट्रोलियम पदार्थ खरिद बापतको रकम ईण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न करीब रू. १० अर्ब भन्दा बढि नपुग हुने देखिएको निगमले जनाएको छ। नपुग रकमको जोहो नेपाल सरकार र अन्य वित्तीय संस्थाहरूबाट ऋण लिई आपूर्ति व्यवस्था सहज बनाइ राख्नुपर्ने बाध्यता निगमलाई रहेको निगमले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय