धमाधम बाहिरिँदैछन् भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ता ,  यस्ता छन् कारण

काठमाण्डौ । विदेशी लगानीकर्ताले अप्रिल महिनामा मात्रै भारतीय सेयर बजारबाट १७ हजार १४४ करोड भारतीय रुपैयाँबराबरको लगानी फिर्ता लगेका छन्।

अमेरिकी केन्द्रीय बैंकले आक्रामक रुपमा ब्याजदर वृद्धि गर्ने आशंकाका बीच विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट आफ्नो लगानी झिकेका हुन्। विदेशी लगानीकर्ता भारतीय सेयरबजारबाट बाहिरिने क्रम पछिल्लो ७ महिनादेखि जारी छ।

विज्ञहरुका अनुसार विश्वभर आक्रामक रुपमा वृद्धि भइरहेको ब्याजदर तथा कच्चा तेलको उच्च मूल्यका कारण विदेशी लगानीकर्ताको भारतीय सेयर बजारप्रतिको धारणामा परिवर्तन आएको छ र यो भविष्यमा पनि जारी रहनेछ।

यही कारण भारतीय सेयर बजार विगत केही समयदेखि निरन्तर ओरालो लागिरहेको छ।

भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ता बाहिरिने क्रम यति विकराल बनेको छ कि बितेको ७ महिनाको अवधिमा लगानीकर्ताले १.६५ लाख करोड भारतीय रुपैयाँ निकालेका छन्। यसको मुख्य कारण अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा आक्रामक वृद्धि गर्ने आशंका र युक्रेनमाथि रुसले गरेको आक्रमणपश्चात सिर्जना भएको भूराजनीति संकट नै हो। –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय