सिर्जनशील लघुवित्त आइपीओ निष्कासन तयारीमा येस्तो छ वित्तीय अवस्था ..

काठमाडौं : सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १७.४४% ले थोरै हो ।

गत वर्ष कम्पनीले ४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी ४.५४% ले बढ्दा सञ्चालन नाफा भने १६.४८% ले घटेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । त्यस्तै, यसको जगेडा कोषमा १३ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

सिर्जनशीलको खराब कर्जा १.६३% बाट बढेर २.१८% भएको छ । कम्पनीले ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्न सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । गोलबजार सिराहमा मुख्य कार्यालय रहेको यो लघुवित्त २०७५ चैत महिनादेखि सञ्चालनमा आएको हो । यो राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय