केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण,तीनदिन भित्र जवाफ माग

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टिकरण सोधेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार स्थापितलाई गत बैशाख १५ गते धुम्बाराहीमा भएको एक कार्यकमा दिएको अभिव्यक्ति बारे स्पष्टिकरण मागेको हो ।

निर्वाचन आयोग स्रोतका अनुसार स्थापितलाई तीनदिन भित्र जवाफ दिन भनिएको छ । मागिएको स्पष्टिकरणमा तपाईले प्रश्न कर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो की होइन ? उक्त भनाई आचारसंहिता विपरीत भयो कि भएन ? यदी भनेको हो भने किन भनिएको ? भनेर स्पष्टिकरण माग गरिएको जनाएको छ ।

काठमाडौं महानगरको पूर्व मेयरसमेत रहेका स्थापितलाई बिगतमा पनि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो । उक्त विषयमै सोधिएको प्रश्नमा उनले बैशाख १५ गतेको सार्वजनिक कार्यक्रममा एक महिलामाथि उनी खनिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय