चुनाव जिते महिलालाई महिनावारी हुँदा बिदा दिने नीति बनाउँछुुः सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट उम्मेद्वारी दिएकी सुनिता डंगोलले आफूले चुनाव जिते महिलाहरुलाई महिनावारी बिदा दिने बताएकी छन्।

काठमाडौंमा भएको कार्यक्रममा डंगोलको भनिन्, ‘महिनावारी हुँदा महिलालाई असह्य पीडा हुन्छ, कार्यालय जान गाह्रो हुन्छ, बिदा दिन नीति तथा कार्यक्रम बनाउँछु’।

महिलाहरुलाई कार्यकक्षमा सुरक्षित हुने वातावरणका लागि प्रबन्ध मिलाउने समेत उनले बताइन्। यस्तै, सम्मान ज्यालाका लागि आफूहरुले आवाज उठाउने पनि उनले बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय