जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो (रिपोर्ट सहित )

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा जीवन विकास लघुवित्तको नाफा २.४२% ले बढेर ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २०.३८% ले बढेर १ अर्ब २० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा पनि १०५.७६% ले बढेर ६० करोड २६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ८९ पैसा छ । खराब कर्जा ०.२३% ले बढेर ०.८३% पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय