महिला लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा घटेपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.८५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २२.४५ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने ४८.१४ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। जसका कारण सञ्चालन मुनाफा घटेपनि खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ७६ पैसा बढेर ९० रुपैयाँ ४२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५५ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बढेको छ भने जगेडा कोष ३०.३६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी २४.३३ प्रतिशत, निक्षेप ४३.८१ प्रतिशत र कर्जा ४३.८१ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय