आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको नाफा बढ्यो, कस्ता देखिए मुख्य सूचकहरु

संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले २ करोड ३३ लाख २१ हजार रुपैयाँ नाफ गरेको छ । कम्पनीको यो नाफा गत वर्षको चैत मसान्तसम्मको तुलनामा भने ४१.६३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६४ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २६.१० प्रतिशतले वृद्धि भई ७ करोड ६९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ६ करोड १० लाख ४० हजार रुपैयाँ मात्र रहेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको संचालनमा मुनाफा १ करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २६.७२ प्रतिशतले कमी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो मुनाफा २ करोड ७ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष भने १० करोड ६८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्ममा ३.३८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा वृद्धि भई ४.९५ प्रतिशत कायम भएको छ ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको छ। कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा फागुन २३ गते निवेदन दिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय