नेप्सेमा आज एक लघुवित्तको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज महुली लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ । आज महुलीको २६ प्रतिशतले हुन आउने ५ लाख ८२ हजार २ सय ५४ दशमलव ४० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

आज नै एभरेष्ट बैंकको ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । यो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय