बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुकुर हिर्काएको निहुँमा झडप

कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका–९ मा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

शुक्रबार चुनावी प्रचारप्रसारको क्रममा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको निहुँमा दुईबीच झडप भएको हो ।

झडपपछि एकीकृत समाजवादीका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालयमा उजुरी दिन पुगेका थिए । एकीकृत समाजवादीका कार्यकर्ता प्रहरी कार्यालयमा पुगेसँगै कांग्रेस कार्यकर्ता पनि त्यहाँ पुगेर आक्रमणमा उत्रेका थिए । कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालय तोडफोड गरेका छन् ।

झडपको क्रममा तीन जना प्रहरी र नेपाली कांग्रेसका तीन जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन् । उनका अुनसार घटना नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय