चुनावको अघिल्लो दिन सार्वजनिक गाडी चल्छ कि चल्दैन ? येस्तो छ  जबाफ

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको अघिल्लो दिन सार्वजनिक यातायात सञ्चालन हुन्छ कि हुँदैन भन्ने धेरैको प्रश्न धेरैकाे मनमा छ ।

हाल निर्वाचनको अघिल्लो दिन अर्थात बैशाख २९ गते अपरान्ह १२ बजेदेखि सार्वजनिक यातायात सञ्चालन नहुने भन्ने हल्ला फैलिएको छ ।
उक्त हल्लाले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँघर जाने तयारी गरेका अधिकांश मतदाताहरु दोधारमा परेका छन् ।


बजारमा चलेको हल्ला हामीले निर्वाचन आयोगका सचिव गोकर्णमणी दुवाडीलाई सोधेका छौं । बैशाख २९ गते सार्वजनिक यातायात सञ्चालन हुन्छ कि हुँदैनन् भन्ने हाम्रो प्रश्नमा उनले २९ गते निर्धक्कसँग सार्वजनिक यातायात सञ्चालन हुने बताए ।

‘२९ गते सार्वजनिकसँगै सम्पूर्ण सवारीसाधन सञ्चालन हुन्छ, निर्वाचनको दिन अर्थात बैशाख ३० गते निर्वाचन आयोगबाट अनुमति लिएका सवारी बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ’, उनले भने ।

सिमानाकादेखि आन्तरिक उडानमा रोक

बैशाख ३० गते हुने निर्वाचनका दिन आन्तरिक उडानहरु रोकिने भएका छन् । वायुसेवा सञ्चालक संघले आईतबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनका दिन सम्पूर्ण उडान तथा अवतरणहरु बन्द हुने जनाएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले हालसम्म विमानस्थल बन्दको घोषणा भने गरेको छैन । निजी वायुसेवा कम्पनीले आन्तरिक उडान बन्दको घोषणा गरे पनि अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने सुचारु नै रहने जनाईएको छ ।

यस्तैगरी, सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागेको हो

यस्तैगरी, सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागेको हो ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

यस्तै, मतदानको दिन सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय