काभ्रेकोमा मतपेटिका तोडफोड, मतदान रोकियो

काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका-६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ । एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडप भएको हो ।

झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए।

यो सँगै मतदान प्रकिया स्थगित भएको छ । अहिले सर्वदलीय बैठक बसेर दुवै पक्षबीच छलफल भइरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय