भरतपुरमा एमालेलाई अन्तर्घात : मेयरमा हँसिया-हतौडामा भोट, अन्य सुर्यमा

चितवन ४ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार दिएकी निर्वमान नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदी बिच कडा टक्कर परेको छ । विगतमा एमालेले जितेको वडामा समेत एमालेको मेयरको मत घटेको छ ।

वडा नम्बर १ देखि ५ सम्ममा एमालेको मत घटेको छ । रेणुले मन जितेर मत दिएको हो वा एमालेभित्रै अन्तर्घात भएको हो अहिले नै म बोल्न नमिल्ने भन्दै एक नेताले जनाएका छन् । वडा ३ एमालेका वडा अध्यक्षले १ हजार ६ सय ६६ मत पाउँदा मेयरले भने , १ हजार २९ मात्रै मत पाएको छ ।

केही वडाहरूमा एक भोट हँसिया-हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र भेटिएको पनि बुझिएको छ । वडामा अध्यक्षलाई मत दिएपनि मेयरमा भने हंसिया हतौडालाई नै मत दिइएको छ ।

त्यसैगरी वडा २ पनि सुवेदीले एमालेका वडा अध्यक्षले भन्दा कम मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय