भरतपुरमा रेनु दाहाल १ हजार ९०६ मतले अघि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा एक हजार नाै सय ६ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले १० हजार सात सय ४८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुवेदीले आठ हजार आठ सय ४२ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मतल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म २९ हजार चार सय ४६ मत गनिएकाे छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म १२ हजार आठ सय ५८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय