रेणु दाहालको फराकिलाे अग्रता, तीन हजार मतले पछि परे सुवेदी

काठमाडौं। भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्।बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन्। उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन्।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ।

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन्।

बुधबार राति सार्जननिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन्। मेयरका लागि विमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा विजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईबाटपछि पारिएका थिए।

उपमेयर राउतले ५९३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाएका छन्। राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् । मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो। तालमेल भए पनि माओवादी केन्द्रकी मेयरका उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छन्।

११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा कांग्रेसका देबेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा कांग्रेसका भुपालसिं राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा कांग्रेसका रुपेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा माओवादी केन्द्रका गन राई निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय