काठमाडौँ महानगर : बालेन्द्र साह साढे १० हजार मत र सृजना साढे १३ हजार मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारकाे अग्रता झन फराकिलाे बन्दै गएकाे छ ।

केही समयअघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १० हजार ६९१ मतान्तरका साथ आफ्नो अग्रता झन बढाएका हुन् । उनले अहिलेसम्म २१ हजार ८१५ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार १२४ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत प्राप्त गरेकाे काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले पनि फराकिलाे अग्रता कायमै राखेकी छन् । अहिलेसम्म उनले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी हुन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन् । श्रेष्ठभन्दा डंगाेल साढे १३ हजार मतले अगाडि छिन् ।

हालसम्म ५३ हजारभन्दा बढी मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय