भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभारग्रहण

६ जेठ, मुगु । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्टा समाती पदभार सम्हालेका हुन् ।

नगरका सम्पूर्ण वस्तीमा विद्युत सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् । उनले वडाअध्यक्ष हुदा पनि ५ बर्षको पारिश्रम रकम नगरका सबै बस्तीस्तरका गरिव दलित जेहेन्दारलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय