स्थापित र सिर्जना बिच कडा  प्रतिस्पर्धा चल्दै , बालेन भने धेरै अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धीभन्दा निकै अगाडि छन् । उनले ३३ हजार २६० मत हासिल गरिसकेका छन् ।

मेयरमा बालेनले अग्रता कायम राख्दा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह दुवैको भरोसा कोर एरियामा छ । तर यो क्षेत्रले पनि उनीहरूलाई निराश बनाइरहेको छ ।


कोर एरियाबाट कांग्रेस र एमालेले अपेक्षित मत नपाइरहेका बेला स्थापित र सिर्जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी गणनामा अक्सर स्थापितले अग्रता लिइरहेका छन् । तर सुरुवातदेखि नै तेस्रो स्थानमा रहेकी सिर्जनाले ९० हजार २९२ मतको गणना सकिँदा स्थापितलाई नजिकबाट पछ्याउन थालेकी छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार, स्थापितले १७ हजार ६९२ मत हासिल गर्दा सिर्जनाको पक्षमा १७ हजार ५७९ खसेको छ । अर्थात् सिर्जना ११३ मतले मात्र स्थापितभन्दा पछाडि छिन् । सिर्जनाले आफ्नो अवस्था सुदृढ पारेमा स्थापित दोस्रोबाट तेस्रोमा झर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय