आठ वर्षअघिको ‘ब्यूटी पेजेन्ट’ घटना : बलात्कार आरोपी मनोज पाण्डे स्वयम्भूबाट पक्राउ

काठमाडौं । आठ वर्षअघि (२०१४) को मिस इन्टरनेसनल ग्लोबल नेपाल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोगमा आरोपी मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धानबाट खटिएको टोलीले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

पाण्डेमाथि होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीले टिकटक भिडियोमार्फत भनेकी छन् । उनले २० वटा भिडियो बनाइ आफूमाथि यौनहिंसा गर्ने पाण्डेलाई कारबाही गर्न पनि माग गरेकी छन् ।

ती युवतीले पाण्डेले बलात्कारपछि पीडितको तस्वीर र भिडियो खिचेर ब्ल्याकमेल गर्दै त्यसपछि पनि जबरजस्ती करणी गरेको भनेकी छन् । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय