ओली पुगेर भाषण गरेका सबै ठाउँमा एमालेको हार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगेर भाषण गरेका सबै ठाउमा एमाले पराजित भएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तह निवार्चनको अन्तिम नतिजा आउने क्रम जारी छ । धेरै स्थानीय तहको नतिजा आइसकेको छ भने केही तहको मात्र आउन बाकि छ । हालसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस अग्रस्थानमा छ भने नेकपा एमाले दोस्रो र त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

निर्वाचनकै क्रममा आली एक्लै विभिन्न ठाउँमा चुनावी सभामा भाषण गर्न पुगेका थिए । आली विराटनगर, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए तर उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरेका थिए , ती सबै ठाउँमा एमालेले लज्जसपद हार व्यहोर्नु परेको छ ।

हाल पोखरा, धरान, जनकपुर, विरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय