सुस्मिता रेग्मीपछि रेजिनाले पनि आफूमाथि ७ वर्ष अगाडि भएको बलात्कारबारे बोलिन्

काठमाडौं। सुस्मिता रेग्मीले कलिलै उमेरमा मोडलिङ क्षेत्रमा लाग्दा भोग्नुपरेको यौन उत्पिडन तथा बलात्कारबारे आवाज उठाइरहँदा रेजिना नाम गरेकी अर्की युवतीले पनि आफूमाथि ७ वर्ष अगाडि भएको बलात्कार घटनाबारे मुख खोलेकी छिन्।

सुस्मिताले आफूमाथि लगातार ६ महिना एक मोडलिङ कन्सल्टेन्सीका संचालकले बलात्कार गरेको बताएपछि नेपालमा बलात्कार तथा यौन हिंसाविरुद्धको आवाज बुलन्द भएको छ।

सुस्मिताले आफूमाथि भएको यौन उत्पिडनबारे आँट गरेर आवाज उठाएपछि सो घटनाले आफूलाई प्रेरणा मिलेको बताउँदै रेजिनाले आफूमाथि ९ कक्षादेखि एसईई दिँदासम्म बलात्कार भएको बताएकी छिन्।

यतिबेला नेपालभर बलात्कारीमाथि कारवाहीको माग गर्दै विरोध प्रदर्शन तीव्र भइरहँदा सुनसरी इटहरी घर भएकी २२ वर्षीया रेजिनाले आफू विद्यालयकै प्रिन्सिपलले बलात्कार गएको बताएकी हुन्।


उनका अनुसार १५ वर्षको हुँदा ९ कक्षामा पढ्दा उनी प्रिन्सिपलबाट पटक–पटक बलात्कृत भएकी थिइन्।

उनले सामाजिक संजालमा दिएको जानकारीअनुसार ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा पढ्दा बि.सं २०७२–२०७३ तिर प्रिन्सिपलले लगातार रुपमा बलात्कार गरेका थिए।

होस्टेलमा बस्दैआएको त्यो समयमा आफूलाई छातीमा समस्या भएपछि प्रिन्सिपलले ‘अस्पताल लैजान्छु भनेर होटलमा पुर्‍याएको’ ती युवतीको भनाइ छ। दुई वर्षसम्म पटक–पटक बलात्कार गर्ने प्रिन्सिपलविरुद्ध बलात्कारको किटानी जाहेरी दिँदा पनि आफ्नो मुद्दा सुनुवाइ नभएको उनको गुनासो छ।

होटलको कोठामा लगेर टिसर्ट च्यातेर बलात्कार गर्नुको साथै मोबाइलमा नग्न भिडियो खिचेकोसमेत ती युवतीले उल्लेख गरेकी छिन्। आफ्नो फोटो र भिडिओसमेत खिचेका प्रिन्सिपलले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर दुई वर्षसम्म यौन शोषण गरेको ती किशोरीले खुलाएकी छिन्।

युवतीले लेखेकी छिन्, ‘‘प्रिन्सिपल राज खड्काले मलाई विद्यालयबाट अस्पताल जान भनेर लग्यो तर बाटोमा मलाई अस्पताल लैजानुको सट्टा होटेलमा पो पुर्‍यायो। होटलमा पुगेपछि उसले मलाई खाना खान भन्यो। मैले खान मानिन। मलाई अलि नराम्रो फिल भयो। म डराएँ। मरो अनुहारबाट पसिना बग्यो। त्यसपछि उहाँले ‘यता आऊ, गर्मी हुँदैन’ भन्दै कोठामा तानेर लग्यो। कोठामा पुगेपछि उसले चुकुल लगायो। त्यसपछि उसले फेरि मलाई खाना खान कर लगायो। मैले फेरि खान मानिन्। त्यसपछि उसले मेरो स्कुलको जर्सी च्यात्यो। मलाई बलात्कार गर्‍यो।’’

यो घटनापछि आफूले धेरै साथीहरूलाई सुनाएपछि कसैले विश्वास नगरेको ती युवतीको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय