वार्षिक ३ अर्ब डलर बाहिरिने हो भने हामी धान्न सक्दैनौं- गभर्नर अधिकारी

हाल मुलुकमा भित्रिने रेमिटेन्सले आयातको ४० प्रतिशत मात्र धान्ने अवस्था रहेको र बाँकी स्रोतले आयात धान्न सक्ने अवस्था नरहेकाले सबै सचेत हुनुपर्ने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

हाम्रो नेपाली उपभोक्ता जति मूल्य परे पनि खरिद गर्ने प्रवित्ति बढेको छ,’ गभर्नर अधिकारीले भने, ‘यसले उपभोग्य वस्तुको आयात बढेको छ, पैसा बहिरिएको छ। वार्षिक तीन अर्ब डलर यसरी बाहिरिएकाले हाम्रो ९ अर्ब डलर विदेशी मुद्रा डलर सञ्चितिले धेरै धान्दैन।’

मुलुकबाट यसरी बाहिरिने रकमकै कारण बैंकिङ क्षेत्रमा तरलता अभाव भइरहेको अधिकारीले बताए।

गभर्नर अधिकारीले अहिलेको अवस्थामा निजी क्षेत्रको नाफा जोगाउनुभन्दा ठूलो अर्थतन्त्र बचाउनु पर्ने भएकोले उद्योगीहरूले पनि सहयोग गर्नुपर्ने बताए।

मुलुकको अर्थतन्त्रको अवस्था त्यति सकारात्मक नभए पनि सजग हुनुपर्ने समय भएको उनको भनाइ छ।

उनले बैंकिङ क्षेत्रमा रहेको तरलताको समस्यामा राष्ट्र बैंकले सहजीकरण गरिरहेको जानकारी दिए। ५ महिनायता बैंकहरूले दैनिक २ खर्ब रुपैयाँ राष्ट्र बैंकबाट पाइरहेकाले तरलता सहजीकरणमा आफूहरूले सक्दो प्रयास गरिरहेको गभर्नर अधिकारीले दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय