काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ ।

पछिल्लो अवस्थामा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन् ।

अहिलेसम्म सिर्जनाको २४ हजार २६२ भोट आएको छ भने स्थापितले २३३४० भोट ल्याएका छन् । पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् ।

उनको लौरो चिन्हमा ४१ हजार ६४७ भोट आएको छ ।

अहिले काठमाडौंको ९ वटा वडामा मतगणना भइरहेको छ । जसमध्ये ७ वटा वडामा बालेन र दुई वटा वडामा स्थापितले अग्रता लिएका छन् ।

काठमाडौंको आधा भन्दा धेरै मतगणना सम्पन्न भइसकेको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय