बालेनको मतान्तर २० हजार नजिक, स्थापित सिर्जनाभन्दा हजार मत परै अड्किए

काठमाडौं । काठमाडौं महानगरको नयाँ मत परिणाम सार्वजनिक भएको छ । हालसम्म १ लाख १८ हजार २४० मतगणना भइसकेको छ ।

जसमा काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनले ४१ हजार ७६७ प्राप्त गरेका छन् ।

उनलाई नेपाली काँग्रेकी मेयरका उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । बालेनपछि दोस्रो धेरै मत पाइरहेकी सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजारभन्दा बढीले पछि पारेकी छन् । सिंह पनि बालेनभन्दा १७ हजारभन्दा बढी मतान्तरले पपिछ परेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार सिंहले २४ हजार ३७५ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ३५४ मत पाएका छन् ।

उता काठमाडौंको उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ४२ हजार ४९४ मतसहित अग्रस्थानमा छिन् । उनलाई नेकपा एकीकृत समाजवादकिा उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय