गौतमबुद्ध विमानस्थलमा जजीराको जहाज चरासँग ठोकियो

जजीरा एयरको विमान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको हो ।

विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए ।

उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको बताईएको छ ।

गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहले जहाजको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय