रिभर फल्स पावरको आईपिओ आज बाँडफाँड हुदै

रिभर फल्स पावरले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज दिउँसो ४ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको छ ।

कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । बैशाख ३० गते , ३१ गते, जेठ १ गते र जेठ २ गते सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ८ दिन बिक्रि खुला रहने थियो ।

जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय