मेयर निर्वाचित भएमा नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गरिदिने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) ले आँफु मेयरमा बिजयी भ एमा नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गर्ने घोषणा गरेका छन् । सोमबार बालेन राष्ट्रिय सभागृहको मतगणना स्थलबाट समय निकालेर फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेको अवसरमा बोल्दै यो घोषणा गरेका हुन् ।

आँफैमा पनि एक कुशल कलाकारका रुपमा परिचय बनाइसकेका बालेनले सो अवसरमा आफ्नो धारणा राख्दै भने नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै बालेनले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्राफ्ट निर्माण गर्नुपर्ने बताए ।

सो अवसरमा बोल्दै कलाकारहरुले यदि बालेन मेयर निर्वाचित भएमा नेपाली फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरेका थिए । सो अवसरमा फिल्मका दुई मुख्य कलाकार स्वस्तिमा खड्का र अर्पण थापाको बालेनले खुलेर प्रशंसा समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय