मत गणना बाँकी रहँदै भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी

भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको मतगणना जारी रहेको छ । तर, मतगणना नसकिँदै पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । अब, मत गणना गर्न बाँकी ११ हजार १७३ रहेको छ । तर, उक्त मत गणनाभन्दा पनि रेणुको मतान्तर बढी रहेको छ ।

पछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् । यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

उपमेयरतर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न जारी रहँदै विजयी भइसकेका छन् । उनले ४७,९५८ मत पाउदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । हिमला अधिकारी भन्दा २० हजारभन्दा बढी मतले पछि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय