अनलाइन लाइसेन्स आवेदनमा फेरि ढिलाई , यातायात डिजि भन्छन् ‘अनलाइन पेमेन्टले ढिलाइ भयो’

यातायात व्यवस्था विभागलेसवारीचालक अनुमति पत्र अनलाइन आवेदन खुलाउने मिति फेरि सारेको छ ।

आज अर्थात जेठ १० देखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भनेपनि सिस्टममा राखिने अनलाइन पेमेन्टको कारण ढिलाइ हुने भएको हो ।

यातायात विभागका महानिर्देशक नमराज घिमिरेले अगामी १६ गतेसम्म अनलाइन पेमेन्टको काम सकेर लाइसेन्स आवेदन खुलाउने बताए । ‘हामीले १० गेत भित्र नयाँ सिस्टम ल्याउने भनेर हल्लाखल्ला गर्यौं तर, अनलाइन पेमेन्ट सिस्टमको लागि थप समय लाग्ने भयो’ घिमिरेले मेरोलगानीसँग भने ।

उनका अनुसार अनलाइन पेमेन्टसँग इन्ट्रिगेसन ३ दिन भित्र सकेर अगामी आइतबार लाइसेन्स आवेदन खुल्छ । नयाँ सिस्टम आएपछि फारम भरेको १५ दिन भित्र आफैले तोकेको मितिमा प्रयोगात्मक परिक्षा दिन पाइने छ ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले अनलाइन पेमेन्ट गेटवे शुक्रबारसम्म तयार भइसक्ने र सोमबारबाट नयाँ सिस्टम सहित अनलाइन लाइसेन्स आवेदन लिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय