काठमाण्डाैमा ३३ हजार ८७६ मत गन्न बाँकी, बालेन्द्र साह १९ हजार १६६ मतले अघि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहकाे मत ५१ हजार पाँच सय नाघेको छ ।

साहले ५१ हजार पाँच सय ९६ मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाउनुभएको छ । सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडि हुनुहुन्छ ।यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाउनुभएको छ ।

महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको छ । अब ३३ हजार आठ सय ७६ मत गन्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय