सरकारले विद्युत महसुल दर घटाउने

सरकारले विद्युत महसुल दर घटाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत महशुल दर पुनरावलोकन गर्ने घोषणा गरेकी हुन् ।

उनले विद्युत खपत बढाउँन र खाना पकाउने ग्यासको विस्थापन गर्न विद्युत महशुल दर पुनरावलोकन गर्ने उल्लेख गरेकी हुन् । त्यस्तै उनले निजि क्षेत्रलाई पनि विद्युत ब्यापारमा समावेश गराउने घोषणा गरेकी छिन्।

उनले १२ महिना नै विद्युतको सहज आपूर्ति हुने ब्यबस्था गरिने, २ वर्षभित्र देश भर विद्युतीकरण गरिने, ठूला जलाशययुक्त आयोजना निर्माण गरिने, र आगामी आर्थिक वर्षमा ७१५ मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख गरेकी छिन् । त्यस्तै उनले विद्युत खपत बढाउँन खान पकाउने ग्यासको विस्थापन गर्नको लागि विद्युत महशुल घटाउने उल्लेख गरेकी छिन् ।

विपन्न वर्गलाई निशुल्क मिटर जडान गरिने विषय पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय