स्थापित–सिर्जनाले आश गरेको ‘कोर एरिया’को भोट, सुमन सायमीले सोरदिए

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले जारी मतगणनामा ठूलो अन्तरले अग्रता लिइरहेका छन् । उनको मत ५२ हजारभन्दा धेरै भइसकेको छ । आज साझ २२.२२ बजेसम्मको गणनामा बालेनको भोट ५२ हजार काटेको छ । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग ३२ हजार ६७७ मतले अग्रता लिइरहेका छन् ।

पछिल्लो अपडेट अनुसार कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ६७७ मत पाएकी छिन् । एमालेका केशव स्थापितले ३२ हजार १२६ मत पाएका छन् । अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ । यी ठाउँबाट स्थापित र सिर्जनाले धेरै मत पाउने र बालेनलाई उछिन्ने अपेक्षा गरेका थिए ।

कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशामा भने सुमन सायमीले पानी फेरिदिएका छन् । यहाँ बालेन शाहको मत एमाले कांग्रेसको भन्दा कम देखिएको छ । तर, जुन हिसाबले आफूलाई भोट ओइरिने एमाले–कांग्रेसको आशा थियो त्यो भने देखिएको छैन । यहाँ एमाले–कांग्रेसले आश गरेको मत ठूलो परिमाणमा स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको छ ।

अहिलेसम्म सुमन सायमीले पनि ९ हजार ५५१ मत पाइसकेका छन् । कोर एरियामा सुमनको मत राम्रो छ । उनले टेकुमा १४ प्रतिशत, कालीमाटीमा २४ प्रतिशत, डल्लुमा १४ प्रतिशत, भिमसेनस्थानमा १३ प्रतिशत, ज्याबहालमा ७ प्रतिशत, टेबहालमा १६ प्रतिशत, ओमबहालमा १४ प्रतिशत, मखनमा १० प्रतिशत, जनबहालमा २० प्रतिशत, महाबौद्धमा १३ प्रतिशत मत पाएका छन् । यी कोर एरिया भनिने क्षेत्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय