काठमाडौंमा बालेनको चर्चा चुलिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा

देशको राजधानी उपत्यका रहेको काठमाडौं महानगरको मतगणना जारी रहदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको चर्चा भईरहेको छ । प्रतिद्वन्दी भन्दा बालेनले दोब्बर मतको अन्तरले अग्रता लिएका छन् । बालेनले चर्चा चलिरहेका बेला आइतबार डडेल्धुरा सदरमुकाममा पनि उनकै चर्चा चल्यो ।

दिउँसो डडेल्धुरा सदरमुकाम बागबजार बालेन साह जस्तै एक युवकलाई अविर र घाँटीभरी मालैमालासहित बजार परिक्रमा गरे। झट्ट हेर्दा बालेन साह जस्तै देखिने उनी थिए आलु सुपरजोन डडेल्धुराका बरिस्ठ कृषि अधिकृत खेम राज जोशी !

बालेनको मिल्दो फेस, दार्ही र उनकै ब्राण्डको चस्मा लगाएरका थिए । जोशीलाई कृषकका तर्फबाट अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको थियो । डडेल्धुराका कृषकहरुले बरिस्ठ कृषि अधिकृत खेम राज जोशीलाई बाजागाजासहित र्‍याली लिकालेको थियो ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय