पाण्डेले यौन दुर्व्यवहार गरेको अर्की युवतीको पनि आरोप प्रहरीमा


मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ।

ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो।

काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले उनीसँग कुराकानी गरिसकेको छ।

उहाँले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ। उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने।

यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी छन्।

‘पाण्डेले आफूमाथि केही समयअघि मात्रै दुर्व्यवहार गरेको उहाँले बताउनुभएको छ,’ उनले भने, ‘यो घटनामा कारबाही गर्ने हदम्याद पनि नाघेको छैन।’


८ वर्षअघि भएको बलात्कारको घटनामा कानुनी हदम्यादका कारण मुद्दा दर्ता गर्न नसकेपनि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनमा टेकेर अनुसन्धान गर्न प्रहरीले तयारी गरिरहेको छ।

पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले सोमबार अदालतबाट अनुमति लिने तयारी गरिरहेको छ। बलात्कारमा भएको कानुनी हदम्याद हटाउन भन्दै अहिले दिनहुँ प्रदर्शन हुन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय