गन्न बाँकी सबै मत सृजना र स्थापितले लगेपनि जित बालेनकै निश्चित , अब २४ हजार मात्र मत बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै कायम गरिरहेका छन् । हालको मतगणना हेर्ने हो भने बाँकी मत अब जम्मा २४ हजार रहेको छ । यो हिसाबले बालेन २ प्रतिस्पर्धि भन्दा २०, हजार मतले अघि छ्न। येहि हिसाबले अब बालेन नै बिजय देखिन्छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५४७४८ मत प्राप्त गरका छन् । उनले अन्य प्रतिस्पर्धीहरु भन्दा लामो अग्रता कायम गरिरहेका हुन् ।

त्यस्तैगरी उनका प्रतिद्वन्द्वी तथा नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार ९९० मत ल्याएर तेस्रो पोजिशन कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए अहिले फेरि पछी नै परेका छ्न।
हालसम्म सिर्जना सिंहले ३४६०२ मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ६८ हजार ७७६ मत गनिसकिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय