बालेन शाह मेयरमा गणितीय हिसाबले बिजय ,औपचारिक घोषणामात्र बाँकी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ।

अब २० हजार २९९ मत गणना हुन बाँकी रहँदा बालेनको सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफ्नो हार स्विकार गरेकी छन्।


मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह धेरै मतान्तरका साथ महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो।

जम्मा गणना भएको १ लाख ७० हजार ८८७ मतमध्ये मेयरमा बालेनले ५५ हजार ४८० मत प्राप्त गरेका छन्।


बालेन र सिर्जनाबीच २० हजार ३६१ मतान्तर रहेको छ। भने बालेन र स्थापितबिच २१ हजार ००५ मतान्तर रहेकाे छ।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ४७५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय