पुण्य गौतम आमरण अनशनमा

काठमाडौं । हालै एमाले प्रवेश गरेका भाइरलम्यान पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताए ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् ।

सुरुको चरणमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने भएका छन् ।आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताए ।पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने गौतमको पहिलो माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय