निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरमा जारी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

यस पटकको निर्वाचनमा अन्य दलमा नभई एमालेभित्रै अन्तर्घात भएको बताउँदै उनले भनेका छन्, ‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ ।’

चार÷चार वटा महानगरपालिकामा एमालेले उपमेयर जितेपनि मेयर जित्न नसक्नुको कारण अन्तर्घातको भएको उल्लेख गरे । त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप पनि लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय