पृथ्वीमै कोर एरिय खोज्नु पर्ने स्थपित,सुर्यमा गएर खोज्दा घामको राफले अगाडि देखीनै पोल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै कायम गरिरहेका छन् । हालको मतगणना हेर्ने हो भने बाँकी मत अब जम्मा १२ हजार भन्दा कम रहेको छ । यो हिसाबले बालेन २ प्रतिस्पर्धि भन्दा २२, हजार मतले अघि छ्न। बालेन नै बिजय भैसकेका छ्न भने अब आधिकारिक सुचनामात्र बाकी छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ५७३८७ मत प्राप्त गरका छन् । उनले अन्य प्रतिस्पर्धीहरु भन्दा लामो अग्रता कायम गरिरहेका हुन् ।

त्यस्तैगरी उनका प्रतिद्वन्द्वी तथा नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३५ हजार २९२ मत ल्याएर तेस्रो पोजिशन कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए अहिले फेरि पछी नै परेका छ्न।
हालसम्म सिर्जना सिंहले ३६२९२ मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ७८ हजार ०४७ मत गनिसकिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय