बालेनको धन्यवाद र्याली शुक्रबार बिहान ६:३० बाट सुरु हुदै, यस्तो छ रुट

काठमाडौँ महानगरको मेयर पदमा विजयी भएका बालेन्द्र शाह (बालेन)ले शुक्रबार बिहान काठमाडौँमा धन्यवाद र्याली गर्ने भएका छन् । मतगणना आज बिहिबार सम्पन्न भएसंगै उनको समुहले भोली शुक्रबार धन्यवाद र्याली गर्ने भएका हुन्।

अन्तिम मत परिणाम पनि भोली शुक्रबार नै घोषणा हुने भएको छ । बालेनले सम्पूर्ण मत गणना हुनु अगाडी नै जित सुनिश्चित गरेका हुन् ।

बालेनको चुनावी अभियानमा सहयोग गरिरहेका गणेश कार्कीका अनुसार धन्यवाद र्याली भोलि बिहान ६:३० बजेबाट हुने छ । र्यालिको रुट बिहान ६:३० मा सभागृहबाट शुरु भएर -भद्रकाली -त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण)- बबरमहल- बिजुलीबजार -युएन पार्क- कोरिडोर- शान्तिनगर- तिनकुने -कोटेश्वर- जडिबुटी- पेप्सिकोला (फिर्ता) – कोटेश्वर -तिनकुने- सिनामंगल – एयरपोर्ट -तिलगंगा- गौशाला -चावाहिल -महाराजगञ्ज -सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर र्याली धन्यवाद सभामा परिणत हुने उनले बताएका छन् ।

उनले र्यालीको क्रममा कुनै पनि नकारात्मक वा नकारात्मक झल्कने नाराबाजी नगर्ने उल्लेख गरेका छन् । उनले भनेका छन् ‘ हामी कुनै न कुनै किसिमले योगदान दिने सम्पुर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरु र मुख्यतः काठमाण्डौँका मतदातालाई हाम्रो ‘बालेन जिताऔ अभियान’को तर्फबाट हार्दिक धन्यवाद भन्दैछौँ । यसबाहेक हामी कसैप्रति लक्षित कुनै पनि नकारात्मक वा नकारात्मक झल्कने नाराबाजी गर्ने छैनौँ । हामी कतै रोकिने छैनौँ, ताकि सकेसम्म कतै पनि ट्राफिक व्यवस्थामा खलल् नपुगोस् । हामी यहि र्यालीबाट सबैसम्म पुग्न सक्दैनौँ । तर हाम्रो धन्यवाद सबैप्रति हुनेछ । बाँकी त हामीले निर्वाचन पहिले भने जस्तै, यो पाली लौरो, पाँच बर्ष घरदैलो हुने नै छ ।’
उनले आफुलाई पायक पर्ने समय र स्थान मिलाएर आफु व्यक्ति वा समुह भोलिको हाम्रो उक्त र्यालीमा सम्मिलित हुन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय