अमेरिकाको उच्चस्तरिय भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही असारमा अमेरिको उच्चस्तरिय भ्रमण गर्ने भएका छन् । सो अनुसार प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी थालेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असारको अन्त्यतिर हुनेछ । विषेशत नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा दुवै पक्षको सहमतिअनुसार देउवाको भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप प्रधानसेनापति प्रभुराम शर्मा असारको पहिलो सातामै अमेरिका जानेछन् ।

देउवा नेतृत्वको सरकारले आगामी प्रदेश र संघको निर्वाचन पनि चाँडै गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको भ्रमण छिटै हुन लागेको वालुवाटार स्रोतले जनाएको छ ।

नेपाल र अमेरिकाबीचको कुटनीतिक इतिहाँसमा राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा), राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए ।

त्यस्तै नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा देउवाले नै २०५९ देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् ।

यसबीचमा अमेरिकी पूर्वराष्ट्रपतिहरुले पनि छिटफुट रुपमा नेपालको भ्रमण गरेका थिए ।

नेपालको सरकार प्रमुखको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने कुटनीतिज्ञहरुको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय