बधाई ज्ञापन र्यालीलगत्तै बालेन पुगे फोहोर थुप्रिएको बञ्चरेडाँडा (फोटोहरु सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।

शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

आजको यो दृश्य र बालेन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । जबकि दुवै जितसँगै फिल्डमा खटिएका छन् ।

त्यसो त बालेनले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय